समाचार

संविधान संसोधन प्रक्रिया अघि बढाउन सत्तारुढ दलको पहल शुरु

काठमाडौ, २४ असार । संविधान संसोधन प्रक्रियालाई अघि बढाउने सम्बन्धमा सरकारले राजनीतिक पहल सुरु गरेको छ ।

व्यवस्थापिका संसदमा छलफलका क्रममा रहेको संविधान संसोधन विधेयकमा सहमति खोज्ने प्रयासमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले राजनीतिक छलफललाई अघि बढाएका हुन् ।

सत्तारुढ दलले सनिबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासंग संविधान संसोधन विधेयकमा सहमति जनाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी, जनजाती, आदिवासी लगायतको माग सम्बोधन गरी संविधानको स्वीकार्यता बढाउदै राष्ट्रिय जनता पार्टीलाई तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनका लागि संविधान संसोधन आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

राप्रपाले भने संविधान संसोधन विधेयकमा सहमति जनाउने नजनाउने सम्बन्धमा पार्टीमा छलफल गरेर मात्रै निर्णय गर्ने प्रतिक्रिया दिएको छ । साथै छलफलमा सत्तारुढ दलले राप्रपालाई सरकारमा सहभागिताका लागि पनि आग्रह गरेका छन् ।

छलफलमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति शमसेर जबरा सहभागी हुनुहुन्थ्यो ।

संविधान संसोधन विधेयकलाई अघि बढाउने विषयमा नै सत्तारुढ दलले शुक्रबार सांझ राष्ट्रिय जनता पार्टीका नेताहरुसंग पनि छलफल गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट