समाचार

संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्ने सहमति

काठमाडौं, २७ साउन । सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमत भएका छन् ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन विधेयक अघि बढाउने सहमति भएको हो । ‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको राजपा नेता शरतसिंह भण्डारीले बताउनुभयो ।

बैठकले संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको सत्तारुढ दलका नेताहरुले बताएका छन् । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुने भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट