समाचार

संसदमा एमालेको आरोप–उम्मेदवारलाई भारतीय दुतावासले हप्काउँदा सरकार किन मौन ?

काठमाडौ, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेले विरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले स्थानीय तहको निर्वाचनमा चलखेल गरेको आरोप लगाएको छ ।

व्यवस्थापिका संसदको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले विरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले स्थानीय तहको निर्वाचनमा खुलमखुला चलखेल गरेको आरोप लगाउनुभएको हो ।

स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर दुईमा उम्मेदवारी दिन लागेकाहरुलाई दुतावासमा बोलाई हप्कि दप्कि गर्ने गरेको भन्दै त्यसबारे सरकार जानकार छ, छैन भनि उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले विरगञ्जस्थित भारततिय वाणिज्य दुतावासको क्रियाकलाप बारे सरकारले सदनमा अबिलम्ब जानकारी गराउन माग गर्नुभयो ।
भियना अभिसन्धि अनुसार काम नगरे सम्बन्धित मुलुकले वाणिज्य दुतावासका अधिकारीलाई तत्काल निष्काशन गर्न पाउने अधिकार रहेको भन्दै उहाँले भारतीय वाणिज्य दुतले राजनितिक दलका नेतामाथि बारम्बार हप्किदप्कि गर्दा पनि सरकार चुप लाग्नुको अर्थ के हो ? भनी प्रश्न गर्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट