समाचार

संसद्को अलग बैठकले दुईतिहाइ पुर्‍याउने पाँच विषय

संविधानमा रहेका पाँच व्यवस्थामा संघीय संसद्को दुईतिहाइ पुर्‍याउनेबारे रहँदै आएको अलमल टरेको छ ।

संविधान संशोधन, जनमतसंग्रह घोषणा, संकटकाल अनुमोदन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुमोदन र राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने विषयमा संघीय संसद्को दुईतिहाइ बहुमत आवश्यक पर्ने संविधानमा उल्लेख छ ।

तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त वा छुट्टाछुट्टै बैठकबाट दुईतिहाइ पुर्‍याउने भन्ने विषय टुंगो लगाउन समिति अलमलमा परेको थियो । अब भने यी विषयमा संघीय संसद्को तल्लो प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकको दुईतिहाइ पुग्नुपर्ने भएको छ ।

संघीय संसद्को पहिलो अधिवेशन, सरकारको नीति तथा कार्यक्रम पेस र बजेट पेस गर्दा दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संविधानमा स्पष्ट व्यवस्था छ ।

तर, संविधानले नै यी पाँच विषयमा संयुक्त बैठक नभनेकाले समिति अलमलमा थियो । संविधानले नै संयुक्त बैठक नभनेकाले अलग–अलग बैठकबाट दुईतिहाइ पुर्‍याउनुपर्ने विषयमा सहमति भएको अधिकारीले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. best family board games says:

    Good website! I really love how it is easy on my eyes and the data are well written. I am wondering how I might be notified when a new post has been made. I have subscribed to your feed which must do the trick! Have a nice day!

    http://www.strategyboardgames.co.uk/play-medici-video-guide/

  2. ed sheeran photograph says:

    I don’t even understand how I finished up here, but I believed this publish was good. I do not understand who you’re however certainly you are going to a well-known blogger in the event you are not already 😉 Cheers!

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट