समाचार

संसोधन अघि बढाए चुनाव प्रभावित हुने एमालेको चेतावनी

काठमाडौ, ७ चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाँति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गर्नु भएको सत्तारुढ काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव थाँति नराखे निर्वाचन प्रभावित हुनेतर्फ सचेत गराएको हो । यता, सत्तारुढ दलहरुले सीमांकनको विषयलाई थाँति राखेर संविधान संशोधन प्रस्ताव पारित गर्ने मधेशी मोर्चालाई बचन दिईरहेका छन ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाँति राखेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको थियो ।

संविधान संशोधन प्रस्तावलाई थाँति राखेर निर्वाचन सम्पन्न गर्ने पार्टीको अडान यथावत रहेको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिनु भयो । बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी दिँदै आवश्यक सुझाव दिन एमालेसँग आग्रह गर्नु भएको थियो ।

सरकारले सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने प्रयास गर्दै आएको छ । बैठकमा प्रधानमन्त्री दाहालले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने दृढता पनि व्यक्त गर्नु भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट