समाचार

सकियो चुनावी तयारी, अब मतदान केन्द्रको व्यवस्थापन शुरु हुने

काठमाडौ, २९ बैशाख । निर्वाचन आयोगका अनुसार चुनावका लागि आवश्यक पर्ने सबै सामग्री मतदान केन्द्रमा पुगिसकेको छ । निर्वाचन आयोगले ३४ जिल्लाका सबै मतदान केन्द्रमा शुक्रबार पनि मतदाता परिचयपत्र वितरणको काम भइरहेको र मतदान केन्द्रको व्यवस्थापनको काम समेत शुरु भइसकेको जनाएको छ ।

केही मतदान केन्द्रमा भने मतदाता परिचयपत्रको वितरणको काम शनिबार मात्रै सम्पन्न हुने आयोगले बताएको छ । त्यसैगरि मतदान केन्द्रको व्यवस्थापनको काम पनि शनिबारै हुने स्थानीय मतदान अधिकृतले बताएका छन् ।

निर्वाचन आयोगले मतदान केन्द्र व्यवस्थापनको काम शनिबार सकिने र स्थानीय स्तरमा राजनीतिक दलसगको बैठक बसी ३१ गतेको चुनावका लागि तयार हुने समेत जनाएको छ । आयोगले सबै मतदातालाई सकभर समयमै मतदान केन्द्रमा पुग्न समेत आग्रह गरेको छ । आयोगका अनुसार बेलुका ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन ।

निर्वाचन आयोगले एक जना मतदाताले बढिमा ३ मिनेटभित्र मतदान गरिसक्ने भन्दै समयमै मतदान सकिने समेत जनाएको छ । मतदान सकिएलगत्तै मतगणना हुने र त्यसको समय स्थानीय स्तरमा खटिएका मतदान अधिकृतले समन्वय गरेर निर्धारण गर्ने बताएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. 99152 434091Some times its a discomfort within the ass to read what weblog owners wrote but this web site is really user friendly ! . 505604

  2. switch says:

    513247 143053Keep up the fantastic piece of work, I read few posts on this internet site and I think that your web blog is really interesting and contains lots of superb information. 253727

  3. 361538 824788Amazing blog layout here. Was it hard creating a good searching web site like this? 45348

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट