समाचार

सचिव सरूवाको विषयले सत्तारूढ दलबिच खटपट शुरू

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुपूर्व एकैपटक ३० जना सचिव सरुवा गरेका थिए । सचिव सरुवाको निर्णय भने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको २४ घण्टा पछि मात्रै सार्वजनिक भयो । सचिव सरुवाका विषयमा मन्त्रीपरिषद्को कार्यालयले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई समेत जानकारी नगराएको भन्दै सत्तारुढ दलभित्रै विवाद शुरु भएको छ ।

सोमबार माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक रुपमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुनासो समेत गरेका छन् । छलफलमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढेको भन्दै प्रचण्डलाई गुनासो गरेको र अब बस्ने मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाका विषयमा जानकारी माग्ने तयारी गरेका छन् ।

सरकारले सचिवहरुको सरुवा गर्दा एउटै मन्त्रालयमा २ जना सचिव समेत दरबन्दी सिर्जना गरेको छ । मन्त्रालय गाभिएर एउटै बनाइएका फरक–फरक मन्त्रालयमा रहेका सचिवलाई एउटै मन्त्रालयमा जिम्मेवारी तोकिएको छ । एउटै मन्त्रालयमा दुई जना सचिव हुँदा काम गर्न समस्या हुने भएपनि स्पष्ट जिम्मेवारीसहित सचिवहरुलाई पदस्थापना गरिएका कारण खासै समस्या नभएको मन्त्रालयका सचिवहरुको भनाई छ ।

सचिव सरुवाका विषयमा सत्तारुढ दलका बीचमा समस्या देखिएपनि सबै सचिवहरु तोकिएको मन्त्रालयमा हाजिर भइसकेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. https://www.scoop.it/t/pioneer-in-tech-posts/p/4096893891/2018/04/16/home says:

    Very good article.Really thank you! Cool.

    https://www.scoop.it/t/pioneer-in-tech-posts/p/4096893891/2018/04/16/home

  2. established websites for sale says:

    Muchos Gracias for your blog post. Fantastic.

    http://buysellempire.blogspot.in/2018/02/how-to-get-established-websites-for-sale.html

  3. clique no link says:

    wow, awesome article post.Really looking forward to read more. Really Great.

    https://revista.ufrr.br/agroambiente/comment/view/3052/0/478

  4. kennewick richland pasco property management says:

    Very good post. Keep writing.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट