समाचार

सडक दुर्घटनामा ३ को मृत्यु, ७ घाईते

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा१२च ४६१५ नंको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटारस्थित सडक किनारामा आज बिहान ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा धादिङ जिल्ला थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्सेज भरतपुरमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते भएका छन् । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनाको कलेज अफ मेडिकल साइन्स भरतपुरमा उपचार भइरहेको छ ।

यसैबीच धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना ५ ख १९३६ नम्बरको ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमैँ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका–७ का रामजीत राई र सोही गाउँपालिकाका वीरबहादुर राई छन् । ट्रक चालक रामेछाप मन्थली नगरपालिका –७ का देवकुमार लामा, सहचालक मकवानपुरका समन तामाङ, वागमती गाउँपालिकाका राजेश घिमिरे र धादिङका रमेश भण्डारी घाइते भएका छन् ।

घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. best family board games says:

    Some truly nice and useful info on this web site, besides I think the design has got fantastic features.

    http://www.strategyboardgames.co.uk/play-jim-hensons-labyrinth-video-guide/

  2. maze games says:

    Great post. I used to be checking continuously this blog and I am impressed! Very helpful information specifically the remaining section :) I maintain such information a lot. I used to be seeking this certain information for a very lengthy time. Thanks and best of luck.

    http://www.strategyboardgames.co.uk/play-memoir-44-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट