समाचार

सत्ता हस्तान्तरणका लागि तयार रहन मन्त्री थापाको निर्देशन

बुटबल, ६ बैशाख । उपप्रधानमन्त्री तथा स्थानीय बिकास मन्त्री कमल थापाले स्थानीय तहमा जनप्रतिनिधीलाई सत्ता हस्तान्तरण गर्नका लागि तयार रहन कर्मचारीलाई आग्रह गर्नु भएको छ ।
राप्रपा अध्यक्ष समेत रहनु भएका मन्त्री थापाले बुटवलमा कर्मचारीहरुलाई निर्देशन दिँदै स्थानीय तहको निर्वाचन लगत्तै निर्वाचित जनप्रतिनिधिले सत्ता समाल्ने बताउनु भयो । बिगत लामो समयदेखि रिक्त रहेका स्थानिय निकायमा अब जनताले चुनेका जनप्रतिनिधी आउने र अधिकार सम्पन्न स्थानिय तहको स्थापना हुने उल्लेख गर्दै थापाले नयाँ संबिधान अनुसारको संघियताको ढाँचा अनुरुप अधिकार सम्पन्न स्थानीय निकाय बनाउन कर्मचारीहरुको महत्वपुर्ण भुमिका हुने बताउनु भयो ।
संबिधान र संघियता कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री थापाले स्थानीय तहका बिभिन्न निति नियम निर्माण गर्न र निर्धारित समयमै निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नु भयो । जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालीकाको संयुक्त आयोजनामा सम्पन्न कर्मचारी भेलामा स्थानीय बिकास अधिकारी युवराज सुबेदी र कार्यकारी अधिकृत भरतमणी पाण्डेले स्थानीय बिकासका गतिबिधि बारे जानकारी गराउनु भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट