समाचार

विश्वको सबैभन्दा खुसी मुलुक बन्यो नर्वे

एजेन्सी, ७ चैत । छिमेकी मुलुक डेनमार्कलाइ उछिन्दै नर्वे विश्वको सबैभन्दा खुशी मुलुकको सूचीको १ नम्बरमा पर्न सफल भएको छ ।
सस्टेनेबल डेभलपमेन्ट सलुसन नेटवर्कले सार्वजनिक गरेको सूचीमा नर्वे र डेनमर्क सहित आइसल्याण्ड, स्विट्जरल्याण्ड, फिनल्याण्ड, नेदरल्याण्ड्स, क्यानाडा, न्युजिल्याण्ड, अस्टे«लिया र स्विडेन उत्कृष्ट दशभित्र अटाएका छन् ।

सूची सार्वजनिक गर्ने संस्थाले प्रतिव्यक्ति आय तथा कुल ग्राहस्थ उत्पादन, औषत आयु, स्वतन्त्रता, सहयोगी भावना तथा दयालुपन, सामाजिक सहयोग र व्यवसाय तथा सरकारी संरचनामा भ्रष्टाचारको अवस्थालाइ विश्लेषण गरी सूची तयार गरेको दाबी गरेको छ ।

१ सय ५५ मुलुक समावेश सूचीको अन्तिम दशमा द्वन्द्वग्रस्त मुलुकहरु सिरिया र यमन सहित दक्षिण सुडान, लाइबेरिया, गिनी, टोगो, रुवाण्डा, तान्जानिया, बुरुण्डी र मध्य अफ्रिकी गणतन्त्र रहेका छन् । सूचीमा नेपाल ९९औ“ नम्बरमा परेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट