समाचार

सम्मानजनक एकता गर्ने सहमति भएको छ– प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानजनक , समानता र न्यायोचित रुपमा पार्टी एकता गर्ने केपी ओलीसँग सहमति भएको खुलासा गरेका छन् ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा अध्यक्ष दाहालले यसअघि असाेज १७ गतेको एमाले–माओवादी गठबन्धन समेत सरप्राइजका रुपमा भएको भन्दै अब पार्टी एकता समेत त्यस्तै सरप्राइजकै रुपमा घोषणा हुने दाबी गरे ।

उनले पार्टी एकता भाँड्न देशी विदेशी शक्ति केन्द्रहरु लागेको भन्दै मिति घोषणा गरेर पार्टी एकता नहुने बताए । पार्टी एकताको मिति घोषणा गरे एकता नै धरापमा पर्नसक्ने भन्दै अप्रत्यासित रुपमा एकताको मिति घोषणा हुने बताए ।

उनले एकता भाँड्न माओवादी र एमालेका नेताहरुलाई विभिन्न बहानामा उचालिरहेको समेत बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. play games says:

    Respect to article author, some great selective information.

    http://www.strategyboardgames.co.uk/keyper-game-review/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट