समाचार

सरकारमा गएको एक सातामै सरकारबाट बाहिरिने राप्रपा अध्यक्ष थापाको चेतावनी

काठमाडौ, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था शब्दावली पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिन बाध्य हुने चेतावनी दिनुभएको छ ।
शुक्रबार काठमाडौमा आयाजना भएको पार्टीको चुनाव चिन्ह गाई सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष थापाले पार्टीको विचारमाथि नै प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगको निर्णय आएको भन्दै पुनर्विचार नभए आफू उपप्रधानमन्त्री पद छाडेर जनतामाझ जाने चेतावनी दिनुभएको हो । उहाँले निर्वाचन आयोग आफैले निर्वाचनको वातावरण धमिल्याउन खोजेको भन्दै निर्वाचन नभए त्यसको सम्पूर्ण दोष निर्वाचन आयोगले लिनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री थापाले धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने पनि स्पष्ट पार्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट