समाचार

सरकारले ताेक्याे प्रदेशकाे अस्थायी मुकाम र प्रमुख

काठमाडाैं, ३ माघ । लामाे कसरतपछि सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माेहनबहादुर बस्नेतका अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।

बस्नेतका अनुसार सरकारले प्रदेश प्रमुखको नियुक्ति पनि गरेको छ । उनका अनुसार प्रदेश नम्बर १ डा. गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा  उमाकान्त झा, प्रदेश नम्बर ६ मा  दुर्गाप्रसाल खनाल र प्रदेश नम्बर ७ मा मोहनराज मल्ल नियुक्त गरेकाे हाे ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट