समाचार

सरकार गठनको एक महिनामा पनि मन्त्रीपरिषदले पूर्णता पाएन

काठमाडौ । सरकार गठन भएको १ महिना पुगिसकेको छ ।

सरकार गठन भइसकेपछि ३ पटकसम्म विस्तार भइसके पनि अझै एउटा मन्त्रालय मन्त्रिविहिन छ । तर मधेशकेन्द्रित दललाई समेत सरकारमा सहभागी गराउने कसरतमा सरकार लागेका कारण मन्त्रिमण्डलले पुर्णता पाउन नसकेको सरकारका मन्त्रीहरुको भनाई छ । सरकारले करिब पुर्णता पाएपछि पहिलो काम संविधानअनुसार बनाउनुपर्ने कानून निर्माण, सुस्त बनेको विकास निर्माणदेखि सेवा प्रवाहलाई जनमुखी बनाउने सरकारको पहिलो प्राथमिकता रहेको मन्त्रीहरुले बताएका छन् ।

केही मन्त्रीहरुले भने मन्त्रालयगत प्राथमिकता निर्धारण तयार पारेर त्यसैअनुसार अघि बढ्ने तयारी थालेका छन् । कामको खोजीमा विदेश गएका लाखौ युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नेेदेखि विदेशमा रहेको नेपाली युवाको सुरक्ष्ाँ समेत सरकारको तयारी रहेको मन्त्रीहरुले बताएका छन् ।केपी ओली नेतृत्वको वर्तमान सरकारले आर्थिक समृद्धिका लागि सुस्त गतिमा रहेको विकास निर्माणलाई तिव्रता दिने यसअघि नै घोषणा गरिसकेको छ ।

यसबाहेक केही समयमै आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम समेत प्रस्तुत गर्ने बेलामा सरकारको अन्य प्राथमिकता सार्वजनिक गर्ने सरकारी तयारी छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. free music says:

    I happen to be commenting to let you know of the beneficial experience my cousin’s child found visiting your web page. She realized such a lot of issues, including what it is like to have a very effective helping spirit to have other people without hassle know just exactly certain extremely tough subject matter. You undoubtedly did more than visitors’ desires. Thanks for delivering the great, safe, explanatory not to mention easy thoughts on that topic to Lizeth.

    http://www.iomoio.co.uk/bonus.php

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट