समाचार

सर्वोच्चको आदेशपछि निर्वाचन आयोगको विषेश पत्रकार सम्मेलन

काठमाडौ, १ कात्तिक । सर्वाेच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको अलगअलग मत पत्र हुनुपर्ने माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने माग गर्दै दायर गर्नु भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

निर्वाचनका लागि आवश्यक मतपत्र छाप्ने काम समेत सुरु भएकाले त्यसमा अन्तरिम आदेश दिईरहन जरुरी नदेखिएको सर्वोच्च अदालतका प्रवक्ता सह रजिष्टार नारायणप्रसाद पन्थीले जानकारी दिनु भयो ।

सर्वोच्च अदालतले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन ऐन अनुसार कार्य गर्न÷गराउन निर्वाचन आयोग गम्भिर हुने विश्वास पनि व्यक्त गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट