समाचार

सर्वोच्चको आदेश औपचारिक रुपमा पाएपछि मात्रै निर्णय लिने निर्वाचन आयोगको भनाई

काठमाडौ, १ कात्तिक । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला औपचारिक रुपमा प्राप्त भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।

आज आयोगमा भएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अदालतले गरेको आदेश औपचारिक रुपमा आयोगमा नआएको र आएपछि मात्रै अध्ययन गरी धारणा बनाउने बताउनुभएको हो । उहाले अदालतको आदेशले चुनावका लागि अझ सहज वातावरण बनाउन मद्धत गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले चुनावका सबै तयारी सकिएको र समानुपातिक निर्वाचनका लागि आवश्यक एक करोड ८० लाख मतपत्र आवश्यक पर्ने र करिब ९० लाख मतपत्र छापिइसकेको जनाकारी दिनुभयो ।

उहाले कात्तिक ८ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाईको काम शुरु हुने समेत बताउनुभयो । उहाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि कात्तिक ५ गते उम्मेद्वारी मनोनयन दर्ता गर्न राजनीतिक दललाई आह्वान समेत गर्नुभयो ।

आयोगले चुनावका सबै तयारी अन्तिम चरणमा पुगेको र १० हजार ६ सय ७१ वटा मतदानस्थल निर्धारण गरेको छ । यसपालीको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ जना मतदाता सहभागी हुने आयोगले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट