समाचार

सर्वोच्चले माग्यो भरतपुरमा पुनः निर्वाचन गराउने आयोगको निर्णयको सक्कल फाइल

काठमाडौं, ६ असार । चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयको सक्कल मगाउने आदेश गरेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्र्कीको संयुक्त इजलासले निर्वाचन आयोगले के आधारमा फेरि मतदान गराउने निर्णय गरेको हो सो को निर्णय अदालतमा मगाउने निर्णय गरेको छ ।

संयुक्त इजलासले च्यातिएका मत पत्र, निर्वाचन आयोगको सक्कल निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको सक्कल सात दिन भित्र अदालतमा झिकाउन आदेश दिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणना चलिरहेको बेला माओवादी प्रतिनिधिले मत पत्र च्यातेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट