समाचार

साइकलको ठक्करबाट एक बालकको मृत्यू

प्रेम वि.क

बाजुरा, ६ कार्तिक । बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाको बेतालमाण्डौ बजार पसल नजिकै आईतबार साँझ साईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछाम घर भएका तिलक बटालाको डेढ वर्षिया छोरा कालु बटाला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक बटालालाई बजार नजिकैको सडकका छेउमा खेलिरहेको अवस्थामा बुढीगंगा नगरपालिका ८ का रमेश रावलका छोरा १४ वर्षिया ज्ञानेन्द्र रावलको साईकलले ठक्कर दिएको थियो ।

साईकलको ठक्करपछि डेढ वर्षिया बटालाको उपचारका लागि वयालपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको हो । साईकलले ठक्कर दिने रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट