समाचार

साउदी अरबका नयाँ युवराज घोषणा , पहिलेका युवराज बर्खास्त

एजेन्सी, ७ असार । साउदी राजा सलमान बिन अब्दुलाजिज अल साउदका छोरा मोहम्मद बिन सलमान अल साउद साउदी अरबका नया युवराज घोषित भएका छन् ।

शाही अध्यादेश मार्फत् राजा सलमानका भतिजा मोहम्मद बिन नयिफ अल साउदलाई विस्थापित गर्दै मोहम्मद बिन सलमान अल साउद साउदी अरबका नया युवराज घोषित गरिएको साउदी समाचार संस्था साउदी प्रेस एजेन्सीले जनाएको छ । साउदी अरबको राज्यसंचालन सम्बन्धी परिषद्ले मोहम्मद बिन सलमानलाई ३१ का विरुद्ध ३४ मतले युवराज घोषणा गरेको जनाइएको छ ।

मोहम्मद बिन सलमानलाई उपप्रधानमन्त्रीको जिम्मेवारी पनि दिइएको छ भने उनको रक्षामन्त्रीको पद यथावत नै रहने जनाइएको छ । त्यस्तै, निवर्तमान साउदी युवराज मोहम्मद बिन नयिफलाई युवराजका साथै गृहमन्त्रीको पदबाट समेत बर्खास्त गरिएको छ । साउदी राजा सलमानले आफ्ना प्रजालाई नया युवराजप्रति आफ्नो वफादारिता दर्शाउन आह्वान गरेका छन् ।

३१ वर्षे मोहम्मद बिन सलमान साउदी राजपरिवारमा सबैभन्दा प्रभावशाली मानिन्छन् । यमनमा हुथी विरुद्ध साउदी अरबले जारी राखेको युद्ध तथा कतारसग पछिल्लो समय चिसिएको कुटनीतिक सम्बन्धका लागि मोहम्मद बिन सलमानले ठुलो भूमिका खेलेको विश्वास गरिन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट