समाचार

साउनभरी मतदाता नामावली संलकन गर्न काँग्रेस नेताहरुको देउवालाई ध्यानाकर्षण

काठमाडौ, ३१ असार । नेपाली कांग्रेसका नेताहरुले प्रदेश र केन्द्रीय संघको निर्वाचनका सम्बन्धमा छुटेका मतदाताको नामावली संकलनको समयावधि १५ दिनबाट बढाएर १ महिना तोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बालकृष्ण खाँडको नेतृत्वमा सनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी नेताहरुले नामावली संकलनको समयावधि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

उनीहरुले २०७० सालको निर्वाचनमा मतदान गरेका तर अहिले छुटेका मतदातालाई समावेश गर्न, काम तथा अध्ययनको सिलसिलामा मतदानस्थल भन्दा बाहिर बस्दै आएकालाई सोही स्थानबाट मतदाता नामावलीमा समावेश गर्न तथा सदरमुकाममा मात्रै नभई ७ सय ४४ वटै गाउपालिका र नगरपालिाको केन्द्रबाट नामावली संकलन गर्न सक्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेताहरुले विदेशमा रहेका नेपालीले निर्वाचनमा सहभागी हुन सक्ने गरी त्यहा स्थित नेपाली दुतावासबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

नेता खाँडले आफुहरुको माग सम्बोधनका लागि प्रधानमन्त्री सकारात्मक देखिएको र निर्वाचन आयोगसंग परामर्श गरी सबै नेपाली मतदाताले मतदान गर्ने वातावरण मिलाउने प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो ।

कांग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीलाई भेटी सबै मतदाता निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट