समाचार

सारउदी अरबकै इतिहासमा पहिलोपटक महिलालाई खेल हेर्न रंगशाला जान अनुमति

एजेन्सी, २९ पुस । कट्टर मुस्लिम मुलुक साउदी अरबमा सरकारले पहिलो पटक महिलालाइ खेल हेर्न रङगशाला प्रबेश गर्न अनुमति दिएको छ । महिलाले खेल हेर्न रंगशाला प्रबेशमा प्रतिबन्ध लगाइएको साउदी अरबमा पहिलो पटक महिलालाइ फुटबल खेल हेर्न अनुमति दिइएको हो ।

साउदी अरबको जेद्दाह शहरमा गत शुक्रबार भएको फुटबल खेल हेर्न महिलाहरु रंगशाला प्रबेश गरेका थिए । सरकारले आगामी सनिबार हुने दोस्रो चरणको खेल र बिहिबार हुने तेस्रो चरणको खेलमा महिला दर्शक उपस्थित हुन सक्ने घोषणा गरेको छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको सामाजिक सुधारको नीति अनुसार पछिल्लो समय बिभिन्न नीति लागु गरेका छन् । गत सेप्टेम्बरमा पहिलो पटक महिलाले सवारी चलाउन मान्यता पाएका थिए । त्यस्तै गत डिसेम्बरमा युवराज सलमानले ३ दशकयता प्रतिबन्ध लगाएको सिनेमा उधोग सन्चालन गर्न सक्ने नीति लागु गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट