समाचार

सिँचाई सचिव चढेको गाडी त्रिशूलीमा खस्यो, तीनजना बेपत्ता

धादिङ, २७ माघ । कपिलवस्तुबाट काठमाडौंं जाँदै गरेको बा १ झ ३१४० नम्बरको सरकारी गाडी धादिङको सलाङघाटमा दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएको छ । सिँचाई मन्त्रालयका सचिब रामानन्द यादबसहित तीनजना चढेको गाडी सडकछेउको पर्खाल भत्काएर त्रिशुली खसेर बेपत्ता भएको हो ।

बेपत्ता हुनेहरुमा सचिव यादव, उनका छोरा सन्तोष यादब र नाम नखुलेकी एक किशोरी रहेका छन् । चालक निरन्जन यादवको घाइते अवस्थामा उद्दार गरी उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको छ । उद्दारकार्य जारी रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट