समाचार

सिण्डिकेट हटाउने सरकारी निर्णयविरूद्ध अान्दाेलन गर्ने व्यवसायीको धम्की

काठमाडौं । सरकारले सिन्डिकेट चलाउँदै आएका देशभरिका यातायात समितिहरु खारेज गरेपछि यातायात व्यवसायीले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी यातायात व्यवसायीले यातायात नै ठप्प पार्ने चेतावनी दिएका हुन् । सल्लाह नै नगरी यातयात व्यवस्था निर्देशिका संशोधन गरेर आफूहरुको १० खर्ब लगानी रहेको व्यवसाय धरासायी बनाउन लागेकाले आन्दोलन गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

वैशाख २७ गतदेखि अनिश्चितकालीन रुपमा गाडीहरु घर र ग्यारेजमा थन्काउने उनीहरुले घाेषणा गरेका छन्।

मंगलबारको मन्त्रिपरिषद्‌ बैठकले देशभरिका यातायात समितिहरु नवीकरण नगर्ने निर्णय गरेको थियो । सामाजिक संस्थाका रुपमा यातायात समितिहरु दर्ता गरेर अर्बौंको व्यवसाय गरेपछि त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सरकारले कम्पनीमा दर्ता भए मात्र यातायात व्यवसाय गर्न पाउने निर्णय गरेको हो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. Iomoio says:

    You are my aspiration, I possess few web logs and rarely run out from brand :).

    http://www.iomoio.net

  2. ed sheeran albums says:

    I reckon something really interesting about your web site so I bookmarked.

    http://www.edsheeran.co.uk

  3. Iomoio says:

    Only a smiling visitant here to share the love (:, btw great design.

    http://www.iomoio.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट