समाचार

सिराहामा चिसोले कठ्यांग्रिएर आज ६० वर्षीय बृद्धको ज्यान गयो, पछिल्लो एक सातायता ६ जनाको मृत्यु

गणेश शाह सिराहा, २८ पुस । केही दिन यता शीतलहरसँगै चलेको चिसोको हावाका कारण सिरहामा कठ्यांग्रिएर आज विहान अर्का एक जनाको मृत्यु भएको छ ।

चिसोका कारण आज विहान अरनामा गाउँपालिका वडा नं ३ का ६० वर्षीय हरिदेव यादवको मृत्यु भएको हो । यससंगै चिसोकै कारण पछिल्लो एक सातायता ६ जनाको मृत्यु भएको छ । चिसो अत्यधिक बढेपछि आवश्यक कामबाहेक मानिस घरबाट बाहिर निस्कन नसकेकाले सिरहाका विभिन्न व्यापारिक बजारमा चहलपहल निकै घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घटदै जान थालेको छ ।

शीतलहरका कारण कतिपय बालबालिका तथा वृद्धवृद्धा रुघाखोकी र निमोनियाले पीडित भएका छन् । शीतलहरबाट घरपालुवा चौपायासमेत प्रभावित भएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट