समाचार

सिरियामा नाकाबन्दी लगाउने प्रस्तावको विपक्षमा चीन र रुसले भिटो प्रयोग गरे

एजेन्सी, १८ फागुन । रासायनिक हतियारको प्रयोग गरेका कारण सिरियाली अधिकारी विरुद्ध नाकाबन्दी लगाउने पश्चिमा मुलुकको प्रस्तावमाथी संयुक्त राष्ट्रसंघमा रुस र चीनले भिटो प्रयोग गरेका छन् ।
सन् २०१४ र २०१५ मा सिरियाली सेनाले गरेको भनिएको रासायनिक आक्रमणमा संलग्न ११ सैन्य अधिकारी तथा १० संस्थालाइ संयुक्त राष्ट्र संघको नाकाबन्दीका सूचीमा राख्न अमेरिका, बेलायत तथा फ्रान्सले प्रस्ताव पेस गरेका थिए ।
प्रस्तावमा जम्मा ९ मत प्रँप्त भएको थियो । रुस र चीनसहित तीन मुलुकले विपक्षमा मत दिएका थिए भने मतदानमा तीन मुलुक अनुपस्थित रहेका थिए । स्विट्जरल्याण्डको जेनेभामा सिरियाली शान्ती वार्ता जारी रहेका बेला रुस र चीनले संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गरेका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट