समाचार

सिरियामा भिडन्त चर्कियो

एजेन्सी, ६ चैत । सिरियाका राजधानी दमास्कस नजिक सिरियाली विद्रोही तथा सरकारी सेनाबीच द्वन्द्व चर्किएको छ ।
दमास्कसको बाहिरी क्षेत्रमा रहेका पुर्वी घोउटा तथा जोवार क्षेत्रमा भीषण आक्रमण भएको सिरियाली गृहयुद्धको अनुगमन गर्ने समुहले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार विद्रोहीले सरकारी सेनाको रक्षापङ्क्ति तोड्न आत्मघाती कारबम सहित आक्रमण गरेपछि सिरियाली सेनाले जवाफी आक्रमण गरेको हो ।
आक्रमण चर्कदै गएपछि सिरियाली तथा रुसी वायुसेनाले हवाइ आक्रमण गरेको जनाइएको छ । सिरियाको सरकार नियन्त्रित टेलिभिजनले दमास्कसको पुर्वमा रहेको जोवार क्षेत्रमा सरकारी सेनाले विद्रोहीको आक्रमण विफल पारेको दाबी गरेको छ ।
हाल दमास्कसका पुर्वी घोउटा, जोवार, बाब अल–तोउमा, रुक्न अल–दिन तथा अब्बासियिन क्षेत्रमा सिरियाली सेना तथा विद्रँेहीबीच भीषण भिडन्त भइरहेको बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट