समाचार

सिरियामा सैन्य कारबाही जारी, ८ दिनमा ५ सय मारिए

एजेन्सी । सिरियाको पुर्वी घोउटामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट जारी ३० दिने युद्धबिरामको बावजुद सैन्य कारवाही थप तिब्र बनेको छ । गत शनिबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट पुर्वी घोउटामा ३० दिने युद्धबिराम घोषणा भएपनि सरकारी सेनाको कारवाही जारी रहेको त्यहा खटिएका मानबअधिकारकर्मी तथा एजेन्सीहरुले जनाएका छन् ।

सरकारी सेनाले बिद्रोही लक्षित भन्दै हवाइ तथा स्थलगत कारवाही थप तिब्र पारेको बताएको छ । विगत आठ दिनयता जारी बिद्रोही लक्षित सेनाको कारवाहीमा पाच सय भन्दा बढी सर्वसाधारण समेत मारिएको भन्दै शनिबार संयुक्त राष्ट्रि संघीय सुरक्षा परिषदबाट पुर्वी घोउटामा ३० दिनको युद्धबिराम घोषणा गरिएको थियो ।

सैन्य कारवाहीमा दुइ हजार भन्दा बढी घाइते भएका तथा पीडितलाइ चिकित्सा सामाग्री सहित मानवीय सहायताका कार्यक्रम पु¥याउने भन्दै युद्धबिरामको घोषणा गरिएको थियो । तर सेनाको जारी कारवाहीले पुर्वी घोउटामा थप संकट चर्कीरहेको मानबअधिकारबादी संस्थाहरुले जनाएका छन् । पुर्वी घोउटा क्षेत्रमा सक्रिय हयेत तहरिर अल शाम सहित बिभिन्न बिद्रोही समुहहरुलाइ परास्त गर्ने भन्दै सेनाले कारबाही जारी राखेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. https://www.pinterest.com/pin/845058317554751134/ says:

    Thanks so much for the article post.Really thank you! Much obliged.

    https://www.pinterest.com/pin/845058317554751134/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट