समाचार

सुचना प्रविधिको विकाससँगै झापाका हुलाक बेकामे

झापा, ६ फागुन । १७ वटा इलाका र ३७ वटा अतिरिक्त हुलाक रहेको झापाका अधिकांश हुलाक कार्यालयहरुमा सरकारी चिठीपत्र तथा डकुमेन्टस्हरु मात्रै आउने र पठाउने काम हुने गरेको छ । व्यक्तिगत र पारिवारिक प्रयोजनका लागि हुलाक पुग्ने सेवाग्राहीको संख्या ज्यादै न्युन छ । कार्यालय समयमा अधिकांश हुलाकका कर्मचारी हाजिर गरेर घर फर्किन्छन् भने कार्यालयमा रहेका कर्मचारी गफ गरेरै समय बिताउने गरेका छन् ।
देशभर ७० जिल्लामा हुलाक कार्यालय छन् । ८ सय ४२ वटा इलाका हुलाक कार्यालय र ३ हजार ७४ वटा अतिरिक्त हुलाक रहेका छन् । जसमा करिब २० हजार कर्मचारी छन् । झापामा मात्रै दरबन्दीका १ सय ८१ कर्मचारी छन् । जिल्ला हुलाक कार्यालय झापाका प्रमुख रामहरी खतिवडाले हुलाकका कर्मचारी फुर्सदिला भएको स्विकार गर्नु भयो । उहाँले तल्लो तहसम्म संरचना भएको हुलाक र यसका कर्मचारीलाई सरकारले सदुपयोग गर्ने समय आएको पनि स्पष्ट पार्नु भयो ।
व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना आदानप्रदान गर्न कुनै बेला प्रमुख साधन रहेको हुलाक यतिबेला प्रयोजनविहीन बनेको हो । केन्द्रदेखि गाउँ सम्मै संरचना विस्तार भएर वि.सं. १९३५ सालदेखि सेवा दिँदै आएको हुलाक यतिबेला अस्तित्वको संघर्षमा छ । केही वर्ष अघिसम्म खबर, सूचना र पार्सल आदानप्रदान गर्न हुलाक सेवाको विकल्प थिएन । तर सूचना, सञ्चार र प्रविधीको विकाससँगै हुलाक सेवा बेकामे जस्तै हुनपुगेको हो । सरकारले समयसापेक्ष विकास र विस्तार गर्न नसक्दा र सोहीअनुसारको व्यवस्थापन नहुदा कर्मचारीहरु फुर्सदिला भएका छन । हुलाक कार्यालयहरुमा काम नहुँदा कर्मचारीहरु हाजिर मात्रै गरेर समय बिताउदै आएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

0

थप केही अन्तराष्ट्रिय समाचारबाट