समाचार

सुरक्षा व्यवस्था अझ सुदृढ बनाउन आयोगको निर्देशन

काठमाडौ, ३ मंसीर । निर्वाचन अयोगले निर्वाचनको सुरक्षा व्यवस्थालाई अझै सुदृढ बनाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको सुरक्षा व्यवस्था अझै सुदृढ गराउन सरकारलाई पुन सचेत गराउनु भएको हो ।

आईतबार काठमाडौंमा आयोजित आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनसम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आम मतदाताले निर्भयताका साथ मतदान गर्न नपाउने हुन कि भन्ने अवस्था सृजना भएको भन्दै चिन्ता पनि व्यक्त गर्नु भयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले पछिल्ला दिनमा उम्मेदवारमाथिनै आक्रमण हुने गरेकाले त्यसलाई नियन्त्रणमा लिन पनि सरकारको पुन ध्यानाकर्षण गराउनु भयो ।

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणको कामलाई प्रभावकारी ढंगले अघि बढाउन पनि सम्बद्ध पक्षलाई सचेत गराएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट