समाचार

सुर्खेतमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु

सुर्खेत, २९ साउन । पूर्वी सुर्खेतको गुर्भाकोट–६, सिन्धुरेमा वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

 
पहिरोमा पुरिएर मृत्यु हुनेमा वर्ष १२, का शरण बुढा, वर्ष, १४ का विक्रम बुढा र वर्ष ८३, का गुमानसिंह बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोही घर की ५५ वर्षिया दूरपति बुढा सख्त घाईते छन् ।

 
उनको मेहकुना अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान थापाले जानकारी दिनु भयो । उहाँले अविरल वर्षासँगै ठाउँ–ठाउँमा पहिरो आएका कारण उद्दार कार्य ढिलाई भईरहेको बताउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट