समाचार

सोमबार बस्ने मन्त्रिपरिषद्ले प्रदेश प्रमुख तोक्ने

काठमाडौ, २३ पुस । सरकारले सोमबार प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले सोमबार बस्ने मन्त्रीपरिषद बैठकले सबै प्रदेश प्रमुख तोक्ने जानकारी दिनु भएको हो ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रशासनिक र कानुनी क्षेत्रमा उल्लेख्य योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकाहरुलाई प्रदेश प्रमुख बनाउन सरकार लागि परेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री थापाले प्रदेशको राजधानी भने सरकारले तोक्ने नमिल्ने दावी गर्नु भयो । उहाँले संविधानले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकार अस्थायी राजधानी तोकेर अघि बढने पक्षमा नरहेको प्रष्टयाउनु भएको हो । मन्त्री थापाले राजनीतिक सहमतिको आधारमा प्रदेशसभाको अस्थायी मुकाम तोक्न भने सरकार तयार रहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री थापाले संविधान विपरित गएर सरकारले प्रदेशको राजधानी तोक्ने काम गर्र्नै नमिल्ने तर्क समेत गर्नु भयो । उहाँले नयाँ सरकार गठन प्रक्रिया फागुन दोस्रो साताबाट सुरु हुने पनि बताउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट