समाचार

सोमालियामा ट्रक बम बिस्फोट, ३० जनाको मृत्यु

एजेन्सी, २९ असोज । सोमालियाको राजधानी मगादिसुस्थित एक होटलमा भएको ट्रक बम बिष्फोटमा परि ३० जनाको ज्यान गएको छ ।

मगादिसुस्थित सफारी होटल लक्षित गरी भएको ट्रक बम बिष्फोटमा परि ३० जनाको ज्यान गएको हो । अन्य १५ जना घाइते भएका छन् ।

आक्रमणकारीहरुले सफारी होटलमा प्रबेश गरि अन्धाधुन्ध गोली चलाए पछि बम बिष्फोट गराएका हुन् । बम आक्रमण स्थल नजिकैका होटल तथा भवनहरु सहित सफारी होटल ध्वस्त भएको छ ।

बम आक्रमणमा दर्जनौं सवारी साधन पनि ध्वस्त भएका छन् । भत्एिको होटलमा अझै मानिसहरु पुरिएको हुन सक्ने प्रहरिले जनाएको छ । कुनै समुहले घटनाको जिम्मेवारी लिएको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट