समाचार

स्पेनबाट अलग हुने पक्षमा क्याटालोनियाका जनताको मत

एजेन्सी, १६ असोज । स्पेनको क्याटालोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खसेको छ ।

आइतबार भएको जनमत संग्रहमा कुल मतको ९० प्रतिशत स्पेनबाट अलग हुने पक्षमा खसेको क्याटेलोनियाका शीर्ष नेता कार्लस पुजिमोन्टले बताएका छन् । उनले अब क्याटेलोनियालाई स्वतन्त्र देशको रुपमा अस्तित्वमा आउने अधिकार प्राप्त भएको समेत बताएका छन् । उनका अनुसार जनमत संग्रहमा प्राप्त मतलाई अब क्याटेलोनियाको संसदमा पठाइने छ ।

तर स्पेनले भने यस जनमत संग्रहलाई अवैध भनेको छ । प्रधानमन्त्री मारियानो रहोइनले क्याटेलोनियाका अधिकतम जनता स्पेनबाट अलग हुन नचाहेको दाबी गरेका छन् । क्याटेलोनियामा आइतबार जनमत संग्रह भएको थियो । त्यसलाई रोक्न स्पेनको केन्द्र सरकारले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरी र मतदाताहरुबीच झडप हुदा ८ सय भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट