समाचार

स्पेनबाट छुट्टिन क्याटालोनियामा जनमत संग्रह जारी

एजेन्सी, १५ असोज । स्पेनको क्याटालोनियामा जनमतसंग्रहका लागि मतदान भइरहेको छ ।

स्पेनिस सरकारले मतदान रोक्न आग्रह गरे पनि स्वतन्त्र क्याटालोनियाको पक्षमा रहेकाहरु मतदानमा सहभागी भएका छन् ।

प्रहरी अधिकारीले मतदातालाई मतदान केन्द्रमा प्रवेश गर्नबाट रोकिरहेका छन् । यस्तै प्रहरीले मतपत्र तथा मतपेटिका पनि जफत गरिरहेका छन् । तर क्याटलान सरकारले भने जनमतसंग्रह आफूहरुको भविष्यका लागि परिवर्तन विन्दु बन्ने विश्वास व्यक्त गरेको छ ।

मतपत्रमा ‘तपाईं क्याटालोनिया एक स्वतन्त्र गणराज्य बनेको देख्न चाहनु हुन्छ ? भन्ने प्रश्न रहेको छ । मतदाताले त्यसमा रहेको ‘चाहन्छु’ वा ‘चाहन्न’ विकल्प रोज्न पाउने छन् । क्याटलान सरकारले मतदातालाई आफ्नो नाम रहेको मतदान केन्द्र बन्द भएमा अरु केन्द्रबाट पनि मत दिन आग्रह गरेको छ । मतदानको क्रम जिरोना शहरको मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर प्रवेशद्वारको सिसा फुटेको छ । स्पेनको शासनमा रहेको क्याटालोनियामा स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि प्रदर्शन हुँदै आएको छ । यहि क्रममा स्वतन्त्र राज्यका पक्षधरले जनमतसंग्रहको आयोजना गरेका हुन् । तर स्पेनको संवैधानिक अदालतले यो जनमतसंग्रहलाई अवैध घोषणा गरिसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट