समाचार

स्पेनमा चर्कियो विवाद, केन्द्र सरकारद्वारा क्याटालोनियाको संसद भंग

एजेन्सी, ११ कार्तिक । स्पेनको स्वशासित क्षेत्र क्याटालोनियाले स्वतन्त्रताको घोषणा गरेपछि स्पेनको केन्द्र सरकारले त्यहाको क्षेत्रीय सरकार तथा क्षेत्रीय संसद् भंग गरेको छ ।

स्पेनी प्रधानमन्त्री मारियानो राहोयेले क्याटालन राष्ट्रपति कार्लस पुज्दमोन, त्यहाको मन्त्रीमण्डल तथा प्रहरी प्रमुखलाई बर्खास्त गरिदिएका छन् भने त्यहा“को संसद् पनि भंग गरेको घोषणा गरेका छन् ।

टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै राहोयेले क्याटालोनियाको सबै प्रशासन केन्द्र सरकारको नियन्त्रणमा आएको समेत घोषणा गरे । राहोयेले क्याटालोनियामा आगामी डिसेम्बर २१ मा आम निर्वाचन गर्ने समेत घोषणा गरे ।

क्याटालोनियाको संसद्ले एकपक्ष्ँीय रुपमा स्वतन्त्रताको घोषणा गरेको केहि घण्टामै स्पेनको केन्द्र सरकारले क्याटालोनियामा प्रत्यक्ष शासन लागु गराएको हो । राहोयेले प्रत्यक्ष्ँ शासन लागू गर्ने घोषणा गरेको केही घण्टा अघि क्याटालोनियाको संसद्ले एकपक्षीय रुपमा स्वतन्त्रताको घोषणा गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट