समाचार

स्पेन सरकारद्वारा क्याटालोनियाका पूर्वराष्ट्रपतिसहित ४ जनलाई पक्राउ पुर्जी जारी

एजेन्सी, १८ कार्तिक । स्पेनको स्वशासित क्षेत्र क्याटालोनियाका पूर्व राष्ट्रपति तथा अन्य ४ वरिष्ठ क्याटालन नेता विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

सुनुवाई गर्ने दिन अदालतमा हाजिर नभएर अदालतको मानहानी गरेको, देशद्रोह गरेको, सार्वजनिक कोषको दुरुपयोग गरेको लगायतका अभियोगमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

यसअघि गत बिहीबार स्पेनको राजधानी मड्रिडमा रहेको उच्च अदालतले क्याटालोनियाका ८ नेताहरुलाई थुनामा राख्न आदेश दिएको थियो । बिहीबारको सुनुवाईमा पुज्दमोन र अन्य ४ नेताहरु उपस्थित थिएनन् । भिडियो सम्पर्कबाट बयान दिने पुज्दमोनको मागलाई अदालतले अस्वीकार गरेको छ ।

स्पेन सरकारले बर्खास्त गर्ने बित्तिकै पुज्दमोन भागेर बेल्जियम पुगेका थिए । उच्च अदालतका न्यायाधीशले पुज्दमोनलाई पक्राउ गरी स्पेनको जिम्मा लगाउन बेल्जियम सरकारसग आग्रह गरेका छन् । पुज्दमोनलाई पक्राउ गर्ने विषयमा गम्भिर अध्ययन पछि मात्रै निर्णय लिइने बेल्जियन अधिकारीले प्रतिक्रिया दिएका छन् ।

निष्पक्ष कानूनी पक्रियाको ग्यारेन्टी नहुनजेलसम्म स्पेन नफर्किने पुज्दमोनले बताउदै आएका छन् । गत १ अक्टोबरको जनमत सङ्ग्रहपछि एकपक्षीय रुपमा क्याटालोनियाले गरेको स्वतन्त्रतताको घोषणाको तीब्र विरोध गर्दै स्पेनको केन्द्र सरकारले क्याटालन सरकार तथा संसद् भंग गर्ने क्याटालन नेताहरु विरुद्ध मुद्धा दायर गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट