समाचार

हत्या गरिएका गौचनलाई सहिद घोषणा गर्ने सरकारको आश्वासन

काठमाडौ, २६ असोज । सरकारले हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनलाई सहिद घोषणा गर्ने भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनु भएको हो । गत सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा गोली हानि हत्या गरिएका गौचनको शव यात्रामा सहभागी हुन आज अनामनगरस्थित महासंघको केन्द्रिय कार्यालय पुग्नु भएका गृहमन्त्री शर्माले गौचनलाई सहिद घोषणा गर्ने पुनः प्रतिवद्धता जनाउनु भएको हो । सरकारले बुधबार अपरान्ह सहिद घोषणा गर्नेलगायतका प्रतिवद्धता जनाएपछि अध्यक्ष गौचनको शव महासंघले बुझेको थियो ।

गृहमन्त्री शर्माले व्यवसायीहरुको सुरक्षा दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले सुरक्षित काठमाडौं बनाउने अभियान सुरु गरिएको पनि जानकारी दिनु भयो । गृहमन्त्री शर्माले जनशक्ति, प्रविधि र जनतासँगको सम्बन्ध बलियो बनाएर सुरक्षित काठमाडौं बनाउने अभियान संचालनमा ल्याइएको पनि स्मरण गराउनु भयो । उहाँले जनशक्तिकै अभावमा काठमाडौंको सुरक्षा व्यवस्था बलियो हुन नसकेको पनि स्विकार गर्नु भयो ।

मन्त्री शर्माले सुरक्षित काठमाडौं बनाउने अभियानमा साथ दिन पनि सबैमा आग्रह गर्नु भयो । महासंघले अध्यक्ष गौचनको हत्याको विरोधमा आज पनि काठमाडौंमा उपत्यकामा एक घण्टा चक्काजाम गरेको थियो भने शुक्रबार देशभरका ठूला राजमार्गमा २ घण्टा चक्का गर्ने कार्यक्रम तय गरेको छ । हत्यारालाई पक्राउ गरी कडा कार्वाही नभएसम्म विरोध प्रर्दशन जारी राख्ने महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले जानकारी दिनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट