समाचार

हवाई कारवाहीमा १५ तालिबान लडाकु मारिए

एजेन्सी । अफगानिस्तानको फराह प्रँन्तमा अफगान विशेष सुरक्षाबलले गरेको हवाई कारवाहीमा कम्तीमा १५ तालिबान लडाकु मारिएका छन् ।

अफगानिस्तानको फराह प्रँन्तमा अफगान विशेष सुरक्षाबलले गरेको हवाई कारवाहीमा कम्तीमा १५ तालिबान लडाकु मारिएका छन् ।फराह प्रान्तको देह याक ए–कलान गाउँमा रहेको तालिबान आतंककारी समूहको अखडालाई लक्षित गरी आक्रमण गरिएको अफगान विशेष सुरक्षा बलले जनाएको छ । पछिल्लो कारवाहीमा परी १५ व्यक्तिको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको जनाइएको छ । फराह प्रान्तको राजधानी शहरमा सयौँ तालिबान लडाकुको समूह र अफगान सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहान समेत भएको बताइएको छ ।

तालिबानले पछिल्ला केही महिनामा अफगानिस्तानका एक पछि अर्का जिल्लाहरु कब्जा गर्दै अघि बढिरहंदा अफगान सुरक्षा बलले यो हवाई कारवाही गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट