समाचार

हात्ती आक्रमणमा दुईको मृत्यु

एम के माझि / सप्तरी,१ फागुन । सप्तरीमा जंगली हात्तिको आक्रमणबाट मंगलबार दिउँसो दुई जना महिलाको मृत्यु भएको छ ।

घाँस काट्न गएकी सप्तरी कञ्चनरुप नगरपालिका ५ पथरी टोलकी ३५ वर्षिया मञ्जुदेवी साह र सोही वडाकी ४५ वर्षिया दुर्गीदेवी मुखियाको हात्तिको आक्रमणमा परि मृत्यु भएको हो । घाँस काट्दै गर्दा कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट आएको हात्तिले आक्रमण गर्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुबै महिलाको टाउँको र छातिमा हात्तिले कुल्चिएर मारेको अवस्था शव भेटिएको स्थानियले बताएका छन् । स्थानियवासी डम्बर राईका अनुसार एक वर्षदेखी कंचनरुप नगरपालिका र आसपासका गाउँमा जंगली हात्तिले पाँच दर्जन भन्दा बढी घरमा क्षति पु¥याउनुका साथै लाखौंको अन्नबाली समेत नष्ट गरिसकेको छ ।

एक वर्षको अवधीमा हात्तिको आक्रमणबाट सो क्षेत्रका चार जनाको मृत्यु भइसकेपनि स्थानिय प्रशासनले नियन्त्रणको ठोस उपाय गर्न नसक्दा स्थानियवासी आक्रोसित छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट