समाचार

हिंसात्मक घटनाप्रति गृहको भर्त्सना

काठमाडौं, १९ मंसिर । गृह मन्त्रालयले निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति भत्र्सना गरेको छ ।  काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदावार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुनेगरी गराइएको आपराधिक घटनाको मन्त्रालय कडा भत्र्सना गरेको छ ।
मन्त्रालयले त्यसअघि विभिन्न जिल्लामा घटाइएका उम्मेदवार लक्षित विस्फोटका घटनाको पनि भत्र्सना गरेको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । आज दिउँसो बूढानीलकण्ठ २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रमका क्रममा थापामाथि विस्फोट भएको थियो ।
मन्त्रालयले सबै सुरक्षा संयन्त्रलाई क्रियाशील गराइरहेको सन्दर्भमा भयरहित वातावरणमा उत्साहजनकरूपमा निर्वाचनमा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।
“निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय र सम्बद्ध सबै पक्ष क्रियाशील रहेकाले निर्वाचन विरोधी आपराधिक हर्कत नियन्त्रण गरी शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन काूननबमोजिम कडा कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ”– मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट