समाचार

१०९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी, ३९ जनाको मृत्यु

भारत, ३१ बैशाख ।भारतको राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा आइतबार बेलुका चलेको तीब्र गतिको हावाहुरीका कारण ३९ जनाको मृत्यु भएको छ।

हुरी बतासका कारण ३९ जनाको ज्यान गएको पुष्टि भएको सरकारी अधिकारीले बताएका छन् । हुरी बतासका कारण उत्तर प्रदेशमा सबैभन्दा धेरै १६ जनाको ज्यान गएको छ । यस्तै आन्ध्र प्रदेशमा १२ तथा पश्चिम बंगला र ९ तथा दिल्लीमा दुईजनाको ज्यान गएको पुष्टि भएको छ ।

दिल्ली तथा त्यसवरपरको क्षेत्रमा १०९ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो । हुरीका कारण धेरै रुख तथा बिजुलीका पोल ढलेका छन् । हुरीका कारण यातायात सेवा प्रभावित भएको छ । यस्तै दिल्लीको मेट्रो तथा हवाई सेवामा पनि असर परेको छ ।

उत्तर प्रदेशमा ३० जना भन्दा धेरै घाइते भएको त्यहाँका अधिकारीले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । पश्चिम बंगलामा पाँच बालबालिकासहित ९ जनाको ज्यान गएको पुष्टि भएको छ । अहिले उद्धार, राहत तथा भत्किएका संरचना हटाउने काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट