समाचार

कक्षा ११ को परीक्षा फेरी सर्ने

काठमाडौ, २९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सर्न सक्ने संकेत दिएको छ ।
परीक्षा संचालन हुने विद्यालयमा मतदान केन्द्र तोकिएको र मतगणना गर्नुपर्ने भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सर्ने संभावना रहेको जनाएको हो ।

निर्वाचन आयोगले बैशाख ३१ गते निर्वाचनका लागि मिति तय गरेपछि परीक्षा तालिका प्रकाशित गरिएको भए पनि पछि दुई चरणमा निर्वाचन गर्ने निर्णय भएकाले परीक्षा प्रभावित हुने भएको हो ।

परीक्षा नियन्त्रक डम्बर कुमार बतासले असार १ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा सर्न सक्ने संभावना रहेको जानकारी दिनुभयो ।

जेठ ३१ गते प्रदेश नम्बर १, २ , ५ र ७ नम्बरमा स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट