समाचार

११ रुपैयाँको काउली १४० मा विक्रि गरेपछि…

काठमाडाैं, २७ कार्तिक । मुलुकको पुर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रुपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला गरेको छ ।
आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकलिो साढे ११ रुपैयाँमा खरिद गरेको फेला पार्यो ।
एनएसवी टे«ड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, परवर, भान्टा प्रतिकिलो मुल्य ११ रुपैयाँ ५० पैसाको दरले ७ हजार ५ सय किलो खरिद गरेको थियो ।
सोही दिन कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले प्रतिकिलो काउलीको हालसेल मुल्य ७५ रुपैयाँ भिन्डी १ सय रुपैयाँ, परवर ७० र भान्टा ६५ रुपैयाँ तोकेको थियो ।
होलसेल मुल्यमा ७५ रुपैयाँ पुग्दा खुद्रा बजारमा काउलीको मुल्य १ सय ४० रुपैयाँसम्ममा विक्रि भएको छ ।
विभागले उपलब्ध गराएको विवरणअनुसार स्थानीय बजारमा व्यवासयीले प्रतिझोला २५ रुपैयाँमा काउली र २० रुपैयााँ रायोसाग खरिद गदैै आएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट