समाचार

१४ जनाको ज्यान जानेगरी रेष्टुरेण्टमा आगो लगाएको आरोपमा भारतमा ३ जना पक्राउ

एजेन्सी, २७ पुस । भारतको मुम्बइ शहरस्थित रेष्टुरेन्टमा १४ जनाको ज्यान जानेगरि भएको आगलागीका ३ जना आरोपी पक्राउ परेका छन् ।

मुम्बइको कमला मिल्स क्षेत्रस्थित वान अबोभ रेष्टुरेन्टमा गत डिसेम्बर २९ मा आगो लगाएको आरोपमा सोही रेष्टुरेन्टका ३ सञ्चालकलाई प्रहरिले पक्राउ पारेको हो ।

आगलागीमा १४ जनाको ज्यान गएको थियो । अन्य ५५ जना घाइते भएका थिए । घटनापछि फरार रहेका ३ आरोपी क्रिपेस साङ्भी, जीगर साङ्भी र अभिजीत मान्करलाइ प्रहरिले पक्राउ गरेको हो ।

क्रिपेस साङ्भी र जीगर साङ्भी मुम्बइको बान्द्रास्थित होटलबाट पक्राउ परेका हुन् । कमला मिल्स क्षेत्रका मालिक सहित घटना भएको रेष्टुरेन्टका करिब ७० जना कर्मचारीको बयानका आधारमा प्रहरिले रेस्टुरेन्टका ३ सञ्चालकलाई पक्राउ गरेको हो । ३ आरोपीलाइ आज मुम्बइस्थित भोइवादा अदातलमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट