समाचार

२६ दलले पाए यसअघिकै पुरानै निर्वाचन चिन्ह

काठमाडौ, ६ चैत । बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा अहिले संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिन्ह पाउने भएका छन् । संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा उनीहरुको चुनाव चिन्हको क्रम निर्धारण गरिएको छ ।
चुनावका लागि निर्वाचन आयोगले दलहरुको चुनाव चिन्ह र मतपत्रमा उनीहरुको क्रम निर्धारण गर्ने निर्णय आज गरेको हो ।
आयोगका अनुसार विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहको एक सिट रहेको समाजवादी जनता पार्टीलाई खारेज गरिएको छ । आयोगले नेपाः राष्ट्रिय पार्टी दर्ता नै नभएको जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट