समाचार

३६ ओभरको खेल सकिदा १ सय २२ रन पानी परेका कारण खेल रोकियो

काठमाडौ, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या र नेपालबिचको खेल पानी परेका कारण रोकिएको छ । पहिले ब्याटिङ गरिरहेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाएकै बेला पानी परेकाले खेल रोकिएको हो ।

आज बिहान पनि पानी परेकाले खेल तोकिएको समयमा समेत शुरु हुन सकेको थिएन ।

पानीका कारण ५० ओभरको खेल ३८ ओभरमा छोट्याइएको थियो । दुई ओभरको खेल हुन बाँकी हुँदा पानी परेको र लगातार पानी परे आइतबार मात्रै खेल हुनेछ ।
३६ ओभरको खेल सकिदासम्म नेपालका कप्तान ज्ञानेन्द्र मल्लले २७, दिपेन्द्र सिंह ऐरीले १९, सागर पुनले १०, बसन्त रेग्मीले ६, विनोद भण्डारीले ४, शरद भेषावकरले ३ तथा मेहबुब आलमले २ रन बनाए ।
केन्याका शेम एगोचेले तीन तथा नेलशन आधिएमबोले दुई विकेट लिए ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने भएको यो खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका पाउनेछन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट