समाचार

३ दलको बैठकमा प्रधानमन्त्री देउवाले भने–चुनावको मिति सर्दैन

काठमाडौ, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पार्नु भएको छ ।

काँग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक आयोजना गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आश्वस्त पार्नु भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विहिबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । निर्वाचनको मिति नसार्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले जनाउनु भएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनु भयो ।

बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शिर्ष नेतृत्वलाई दिएको छ । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ ।

सोही विषयमा सहमति जुटाउने जिम्मेवारी काँग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनु भयो । राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि विधेयक संसदमा विचाराधिन छ ।

आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ । सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरेपनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन बनाउने विषयमा भने दलीय सहमति जुटाउन सकेको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट