समाचार

३ वर्षपछि इराकी सरकारले आइएसबाट फिर्ता लियो मोसुल शहर

एजेन्सी, २६ असार । इराकी सरकारले दोस्रो ठूलो शहर मोसुलमा इस्लामीक स्टेट आतंकबादी समुह बिरुद्ध बिजयी भएको घोषणा गरेको छ ।

प्रधानमन्त्री हैदर अल अबादीले हालै मात्र इस्लामीक स्टेटका लडाकुहरुबाट मुक्त पारिएको मोसुल शहरमा बिजयको घोषणा गरेका हनु । मोसुल शहर बिगत ३ बर्षदेखी इस्लामीक स्टेटका लडाकुहरुको नियन्त्रणमा रहेको थियो ।

इराकी सेनाले ९ महिना लामो रक्तपातपूर्ण युद्धबाट मोसुल शहर इस्लामीक स्टेट आतंकबादी समुहबाट मुक्त गराएका हुन । मोसुल शहर सरकारी नियन्त्रणमा आएपछि आतंकबादी समुह इस्लामीक स्टेटलाई ठूलो धक्का लागेको बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट