समाचार

९९ सय मुलुकका ५७ हजार कम्प्युटर ह्याक, सचेत बन्नुहोस् तपाईको पनि पर्ला  ?

एजेन्सी, ३० बैशाख । साइबर ह्याकरहरुले विश्वभरका कम्प्युटर प्रणलीलाई प्रभावित गरेका छन् । अमेरिकी सुरक्षा निकायबाट चोरिएको भनिएको वान्नक्राई नामक ह्याकिङ सप्mटवेयरबाट विश्वका ९९ मुलुकका करिब ५७ हजार कम्प्युटर प्रणालीलाई प्रभावित गरेको हो ।

ह्याकरले इमेलबाट व्यावसायिक रसिद, रोजगारीको अवसरलगायतका सुचना पठाएर कम्प्युटर ह्याक गरेको जनाइएको छ । ह्याकहरुले कम्प्युटर प्रणाली ह्याक गरी कम्युटरलाई पुनः संचालन गर्नका लागि भन्दै ५ सय देखी ६ सय डलरसम्म फिरौती मागेका छन् ।

ह्याकिङ्बाट पीडित केही कम्पनीले बिटकोइन नामक डिजिटल मुद्रामार्पmत् फिरौती समेत तिरेको अनुमान गरिएको छ । रुस, युक्रेन र ताईवानी कम्प्युटर प्रणाली ह्याकिङबाट सबैभन्दा बढी प्रभावित भएका छन् । बेलायतका अस्पताल र राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमा भएका आक्रमणका कारण बेलायती स्वास्थ्य सेवामा असर परेको जनाइएको छ । साइबर आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।

वान्नक्राई एक ह्याकिङ सफ्टवेयर हो । यस सफ्टवेयर अमेरिकी सुरक्षा निकायले विकास गरेको जनाइएको छ । संक्रमणयुक्त फाइलमा क्लिक गर्दा वा फाइल डाउनलोड गर्दा यस सफ्टवेयरले कम्प्युटरमा प्रवेश गर्दछ । वान्नक्राईले विण्डोज अपरेटिङ सिस्टम भएका कम्प्युटरमा प्रवेश गरी कम्प्युटरमा सबै फाइललाई कोडमा परिवर्तन गरिदिन्छ ।

यसबाट कम्युटरका फाइल खुल्दैन । भाइरसबाट संक्रमित कम्प्युटरमा डिजिटल मुद्रा प्रणाली बिटकोइन मार्पmत् ३ सय डलर पठाए कम्प्युटरको संक्रमण हट्ने सन्देश आउँछ । तर, साइबर सुरक्षा विशेषज्ञका अनुसार फिरौती रकम बुझाए कम्पयुटर प्रणाली फेरी सुरु हुन्छ भन्ने ग्यारेन्टी भने हुदैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. 139201 84559This constantly amazes me exactly how blog owners for example yourself can find the time and also the commitment to keep on composing fantastic blog posts. Your site isexcellent and one of my own ought to read blogs. I simply want to thank you. 477416

  2. 732068 563988hi there, your web site is discount. Me thank you for do the job 749971

  3. 419884 442794You could certainly see your enthusiasm in the work you write. The world hopes for more passionate writers like you who arent afraid to say how they believe. Always go after your heart. 706158

  4. 888436 420992This internet website is my aspiration, extremely outstanding design and Perfect articles. 523002

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट