समाचार

सिरियाली भुमि प्रयोग गरी पहिलोपटक इरानले गर्यो इजरायलमाथि रकेट आक्रमण

एजेन्सी । इरानले पहिलो पटक सिरियाली भूमि प्रयोग गरी इजरायलमा रकेट आक्रमण गरेको छ । इरानले सिरियाली भूमिबाट इजरायल अधिनस्थ गोलान हाइट्समा ‘फज्र’ र ‘इरानी ग्राड रकेट’ आक्रमण गरेको हो ।

इरानी वरिष्ठ सैनिक अधिकारी कसिम सुलैमानीको निर्देशनमा इरानको ‘रिभोल्युसनरी गार्ड क्रप्स’ फौजको कुद्स फोर्सले इजरायलमाथि आक्रमण गरेको इजरायली अधिकारीले दाबी गरेका छन् । इजरालयमा प्रहार गरिएका अधिकांश रकेट आइरन डोम रकेट प्रतिरोधी प्रणालीले नष्ट गरेको इजरायलले जनाएको छ ।

इरानले सिरियाली भूमि प्रयोग गरी इजरायलमा आक्रमण गरेको यो पहिलो घटना हो । यता इरानी आक्रमणको जवाफ दिन इजरायलले पनि सिरियामा रहेका इरानी सैनिक निशानामा आक्रमण गरेको दाबी गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट